www.tandavnews.com
Fact ~ In search of truth

गोरखाका निमा लामालाई संरक्षण अवार्ड

ताण्डव न्युज ।  

गोरखाका निमा लामाले डब्लुडब्लु एफले प्रदान गर्ने संरक्षण अवार्ड पाएका छन् ।
डब्लुडब्लुएफले गोरखाको चुमनुब्री गाउँपालिका ७ छेकम्पारका निमा लामालाई संरक्षण अवार्ड २०१९ प्रदान गरेको हो । काठमाडौंमा एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकी राजदुत र्‍याण्डी बेरीले लामालाई नगद ५० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।

गोरखाको चुम उपत्यकामा अहिंसा क्षेत्रलाई निरन्तरता दिँदै वन्यजन्तु संरक्षणमा योगदान पुर्‍याएको भन्दै लामालाई अवार्ड प्रदान गरिएको हो । गोरखाको चुम उपत्यका अहिंसा क्षेत्रको रुपमा चिनिँदै आएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.