www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका यि हुन नयाँ ११० पर्यटकीय गन्तब्य

सन्तोष अधिकारी,
ताण्डव न्यूज ।

आन्तरिक पर्यटन वर्ष घोषणा गरेको गण्डकी सरकारले प्रदेशका ११ वटै जिल्लाका प्रमुख पर्यटकीय गन्तब्यहरुको पहिचान गरी सार्वजनिक गरेको छ । सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको गण्डकी सरकारले प्रदेशका प्रत्येक जिल्लाका १०÷१० वटा पर्यटकीय स्थलहरु सार्वजनिक गरेको हो ।

गण्डकी सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष, २०२० लाई छिमेकी मुलुकका पर्यटक भ्रमण वर्ष र २०२१ लाई अन्तराष्ट्रिय पर्यटक भ्रमण वर्षको रुपमा घोषणा गरी प्रचार प्रसारको काम सुरु गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

Batas

प्रदेशले सार्वजनिक गरेको पर्यटकीय ठाउँहरुको भौतिक संरचना बनाउन प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय समेत गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए । उनले सन् २०१९ मा १५ लाख पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने लक्ष्यका साथ कामहरु अघि बढेको समेत बताए । पर्यटनलाई प्रदेशको आर्थि समृद्धिको प्रमुख खम्बा मानेको गण्डकी सरकारले केहि पुराना र केहि नयाँ ठाउँहरुलाई समेटेर पर्यटकीय गन्तब्यहरु सार्वजनिक गरेको हो ।

कास्की
प्रदेशले घोषणा गरेका कास्कीको पर्यटकीय गन्तव्यहरुहरुमा कास्कीका विभिन्न क्षेत्रहरु समेटिएका छन् । फेवाताल, तालबाराही मन्दिर (लेकसाइड), बेगनासताल, रूपाताल लगातका तालहरु, विन्ध्यावासिनी मन्दिर, सराङकोट, अन्नपूर्ण बेस क्याम्प, पातले छाँगो, विश्व शान्ति स्तुपा, यहाँका गुफाहरु, ऐतिहासिक कोटहरु र काहुँडाँडा कास्कीका पर्यटकीय क्षेत्रहरु हुन् ।

गोरखा
गोरखाका पर्यटकीय गन्तव्यहरुमा गोरखा दरवार र गोरखा संग्राहलय, मनाकामना मन्दिर र केलबकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखाकालिका, बारपाक, लाप्राक, मनास्लु हिमाल र मनास्लु संरक्षण क्षेत्र, लार्केपास, छेकम्पार र लिगलिगकोट रहेका छन् ।

मनाङ
मनाङका पर्यटकीय गन्तव्यहरुमा मनाङका पनि १० वटा क्षेत्रहरु समेटिएका छन् । सबै भन्दा उच्च भेगमा रहेको तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल (पहिलो, दोस्रो र तेस्रो) र पदमार्ग, कर्णताल, थोन्चे–लार्के पदयात्रा,मनाङ–थोराङपास पदयात्रा, नारफु–काङला पदयात्रा, तिब्वतीयन बंकर मनाङका प्रमुख पर्यटकीय गन्तब्य हुन् ।

मुस्ताङ
त्यस्तै मुस्ताङका पनि विभिन्न पर्यटकीय क्षेत्रहरु घोषणा गरिएको छ । मुक्तिनाथ मन्दिर, कागवेनी तिर्थस्थल, कुछप तेरेङ्का गुम्बा, ल्हो घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरबार र गुफाहरु, धौलागिरी आईस फल, लियोपार्ड क्याप(ठिनी), जोमसोम गाँउ र टिटि ताल मुस्ताङका प्रमुख पर्यटकीय क्षेत्रहरु हुन् ।

बागलुङ
बागलुङका पर्यटकीय गन्तव्यहरुमा बाग्लुङ कालिका भगवतीको मन्दिर देखि ढोरपाटन संरक्षण क्षेत्र समेतका रहेका छन् । बाग्लुङकालिका, पन्चकोट–शालिग्राम संग्राहलय तथा रंगवेकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा धार्मिक क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल) लेक, भैरव स्थान मन्दिर तथा भकुण्डे, जैमिनीधाम–माइस्थान–हाडिकोट बाग्लुङका पर्यटकीय क्षेत्र हुन । त्यस्तै सत्यावती मन्दिर, रामकोट, भुलेनी, विउकोट, शिवधुरी–हिमालयन भ्यूप्वाइन्ट, गाँइघाट झर्ना पनि पर्यटकीय गन्तब्यहरु हुन् ।

म्याग्दी
गण्डकी प्रदेशले म्याग्दीका पर्यटकीय गन्तव्यहरुमा गलेश्वर धाम, सत्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्के धुरी, धौलागिरी वेस क्याप, धौलागिरी हाइसफल र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, खोप्रा लेक र सिंगा तातोपानीलाई राखेको छ ।

पर्वत
त्यस्तै पर्वत जिल्लाका पर्यटकीय गन्तव्यहरुमा भमरकोट माटे जलजला, हम्पाल, कालान्जर पर्वत, पन्चासे पन्चधाम रमणिय धार्मिक क्षेत्र, डहरेनिल कण्ठ पर्वत रहेका छन् । त्यस्तै प्राकृतिक टावर, चिसापानी, कालिका र सुर्यस्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिकक्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरु, महाभिर छहरा आरोहण, वन्जीजम्प, स्काइ साइक्लिङ र स्वीङ रहेका छन् ।

स्याङ्जा

अन्य जिल्लाहरु जस्तै स्याङ्जा जिल्ला पर्यटकीय जिल्लाको रुपमा चिनिँदै आएको छ । पछिल्लो समय प्याराग्लाइडीङको लागि चिनिएको स्याङ्जाका अन्य पर्यटकीय क्षेत्रहरु पनि गण्डकी सरकारले पहिचान गरेको छ । शाल्मेडाँडा–गोर्खा स्मारक, नुवाकोट कालभैरव मन्दिर, शिरुवारी पर्यटकीय गाउँ, आलमदेवि मन्दिर, स्वरेकको प्याराग्लाईडीङ खेल मैदान, चण्डीथान, कालिका, अन्धाअन्धी, छुयाङछ्याङदी, राम्दीधाम र मीर्मी सेदिवेणि रहेका स्याङ्जाका पर्यटकीय क्षेत्रहरु हुन् ।
लम्जुङ

लमजुङको पर्यटकीय गन्तव्यहरुमा लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, घनपोखरा, ईशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी (गोरखा–लमजुङको सिमाना) सिउरुङ गाउँ र काउलेपानी गाउँ रहेका छन् ।

नवलपुर

नेपालकै कान्छो जिल्ला मध्यको एक नवलपुरका पनि पर्यटकीय क्षेत्रहरु गण्डकी प्रदेशले छुट्याएको छ । यहाँका पर्यटकीय गन्तव्यहरुमा मौलाकालिका, देवचुली, बरचुली पिकहरु, त्रिवेणी गजेन्द्र मोक्ष धाम, दाउन्ने देवि, कैलास पर्वत, घुमाउरीघाट, लोसेधारा, कैशाल आश्रम, चौधरीको शास्वत धाम, अकलादेवि र मन्यविन्दु रहेकाछन् ।

तनहुँ
तनहुँका पर्यटकीय गन्तव्यहरुमा बन्दीपुर, देवघाटधाम, ढोरबाराही, छाप्दी बराही, व्यास गुफा, घाँसीकुवा, तनहुँसुर, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर, बुढी देवता मन्दिर आँधीमुल, बाराही र मिर्लुङकोट रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.