www.tandavnews.com
Fact ~ In search of truth

पोखरा –२४ बडरे क्षेत्रमा आयआर्जनका लागि निशुल्क बिरुवा वितरण

पोखरा ।

Lama collectio News Middle

वातावरण संरक्षण एवं स्थानीय बासिन्दाको थप आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ पोखरा महानगरपालिका–२४ स्थित बडरे क्षेत्रमा निःशुल्क बिरुवा वितरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लेकसाइडद्वारा तरकारी, फलफूल तथा घाँसलगायत विभिन्न जातका एक हजार २५० वटा बिरुवा वितरण गरिएको हो । सो अवसरमा एभोकाडो, कागती, कफी, लप्सी, तेजपत्ता, निमारो, बकाइनो, अम्बा, कुरिलो, चाँप, कपुर, शीतल, चिनीलगायतका ५५ हजार बराबरका बिरुवा वितरण गरिएको क्लबका अध्यक्ष गोमा ढकालले जानकारी दिए ।

सोही स्थानमा सञ्चालित इन्द्रेणी अर्गानिक तरकारी फर्मका सञ्चालकसमेत रहेका ढकालका अनुसार सो क्षेत्रमा बाँझिएको जमीनलाई उत्पादनमूलक बनाउँदै स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्नेछ । चिप्लेटी कृषक समूहका उपाध्यक्ष माया तिमिल्सिनाले ‘सके तरकारी उत्पादन गरेर बिक्री गरौँ, नसके पनि किनेर नखाउँ’ भन्ने नाराका साथ गठन गरिएको समूहले यसअघिदेखि नै अभियानका रुपमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएको बताए ।

‘‘बाँझिएको जमीनमा सामूहिक तरकारी एवं फलफूल खेती गरी उत्पादित वस्तु पोखराको पर्यटकीयस्थल लेकसाइडमा बिक्री गरी आयआर्जन गर्ने अभियानका दिदीबहिनी जुटेका छौँ’’, उनले भने । पामे बजारमा आयोजित बिरुवा हस्तान्तरण समारोहमा लायन्स क्लब डिस्टिक भिडिसी विशेश्वर आचार्यले रोपिएका बिरुवाको उचित संरक्षण गर्दै त्यसबाट समूहले भरपुर फाइदा लिन सक्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिकाका कृषि प्राविधिक सुरोज सिलवालले समूहका कृषकलाई बिरुवा रोप्ने र गोडमेलका बारेमा जानकारी गराएका थिए। कृषक समूहका सचिव रमेश केसीका अनुसार बिरुवा रोप्नका लागि आवश्यक खाडल तयार गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery