
सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।
सहारा क्लब पोखराको आयोजनामा सम्पन्न १७ औं आहा रारा गोल्ड कपको आय व्यय विवरण सार्वजनिक गरिएको छ ।
पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गर्दे गत फागुण ९ देखी १८ गते सम्म सञ्चालन भएको उक्त गोल्ड कपको आय व्यय विवरण सार्वजनिक गरेको हो ।

सहारा क्लबका कोषाध्यक्ष राजु लालचनले १ लाख ४९ हजार ३ सय २६ रुपैया बचत रकम सहितको आय व्यय विवरण सार्वजनिक गरे । लालचनले बिभिन्न शिर्षकमा प्रस्तुत गरेका आय व्यय विवरणको ब्यालेन्स सिट ७० लाख ७८ हजार ७ सय ८६ रुपैया रहेको थियो ।
सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाले गत बर्ष भन्दा यस बर्ष कम बचत भएको जानकारी दिए । उनका अनुसार गत अघिल्लो संस्करणमा २३ लाख बढि रकम बचत भएको थियो भने यस बर्ष १ लाख ४९ हजार ३ सय २६ रुपैया मात्र बचत भएको छ ।
अध्यक्ष थापाले यस वर्ष टिकेटबाट सोचे जस्तो आम्दानी हुन नसकेको बताउदै १८ लाख मात्र संकलन भएको उल्लेख गरे । ‘गत बर्ष टिकेटबाट ३३ लाख उठाएका थियौ यो बर्ष कप गर्ने कि नगर्ने भनेर हामी आफै द्विधामा थियौँ’ उनले भने, ‘अझ सोचे जस्तो ब्यानर पनि उठ्न सकेन ।’
फागुण १८ गते ‘खेलकुदको बिकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नारा सहित सम्पन्न फाईनल खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै रुस्लान थ्रिस्टारले १७ औं संस्करणको उपाधि जितेको थियो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.