
पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दायर भएको छ। अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्रीसहित संघीय सरकारका मन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित केही उच्च सरकारी कर्मचारीलाई मुद्दा दयार गरेका हुन्। अवहेलना मुद्दामा, भूमि सुधार तथा व्यवस्था मन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी , प्रधानमन्त्री कार्यालयका सचिव डिल्लीराम घिमिरे, भूमिसुधार सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसिहत नौ जनालाई विपक्षी बनाएर मंगलबार मुद्दा दायर गरेका हुन्। उक्त अवहेलना मुद्दामाथि मंगलबार सर्वोच्चले सुनुवाई गर्दै यस अघिका मुद्दासम्बन्धी फैसला गरेको फाइल मगाएको छ।
फेवातालको मुद्दामा सर्वोच्चले यस अघि गरेको आदेश कार्यान्वयनमा कसैले पनि आफ्नो दायित्व निर्वाह नगरेको भन्दै सुवेदीले अवहेलना मुद्दा दायर गरेका हुन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.