www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा हुने दशनामी युवा भेलाको तयारी तिब्र

पोखरा
ताण्डव न्यूज ।

नेपाल दशनामी यु्वा समितिको पोखरामा हुन गईरहेको राष्ट्रिय भेलाको तयार तिब्र पारिएको छ । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेश र कास्की समितिकाे व्यवस्थापनमा भदौ २८ गते पोखरामा हुने राष्ट्रिय भेलाको लागि जुटिरहेको नेपाल दशनामी युवा समितिका कार्यवाहक संयोजक सुरेश गिरीले जानकारी दिए ।

गिरीका अनुसार देशको सबै जिल्लाबाट प्रतिनिधिहरु सहभागि हुने छन् । ‘सबै जिल्लाबाट प्रतिनिधि रहने छन्,’ उनले भने, ‘जुन जिल्लामा समिति छैन, त्यहाँबाट सक्रिय युवाहरुलाई प्रतिनिधिको रुपमा बोलाइएको छ ।’ भेलामा करिब ३५० जना युवाको सहभागिता रहने उनको अनुमान छ ।

Batas

पोखरामा हुने राष्ट्रिय भेलालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न काम अघि बढेको नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशका अध्यक्ष अर्जुन गिरीले बताए । ‘दशनामी युवाहरुको लागि यो कुम्व मेला जस्तै हो,’ उनले भने, ‘युवा भेला पहिलो पटक पोखरामा आयोजना गर्न लागिएको हो, हामी निकै उत्साही छौ ।’ भेलालाई सफल पर्न सबै दशनामीले सहयोग गर्न अध्यक्ष गिरीले आग्रह गरे ।

देशैभरीका दशनामी युवाहरुलाई पोखरामा स्वागत गर्न पाउनु खुशीको कुरा रहेको दशनामी युवा समिति कास्की जिल्लाका अध्यक्ष किसन गिरीले बताए । भेला सफल पार्न कुनै कमिकम्जोरी नरहने अध्यक्ष गिरीले बताए ।

दशनामीमा गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम, आरण्य र तीर्थ पर्छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.