www.tandavnews.com
Fact ~ In search of truth

प्रतिस्पर्धी क्षमतासहित क्रियाशील बन्न मुख्यमन्त्रीको आग्रह

पोखरा ।

Lama collectio News Middle

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गरेका छन् । निजामती कर्मचारी दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवामा क्रियाशील बन्न आग्रह गरे।

सङ्घीयताको सफल कार्यान्वयन गर्न र सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य पूरा गर्नसमेत निजामती क्षेत्रको महत्वपूर्ण भूमिका हुने उनले बताए ।

राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन निजामती कर्मचारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै शुभकामना सन्देशमा उनले “नेपाली जनताको आकाङ्क्षाबमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, सूचना र प्रविधिको अधिकतम उपयोग गर्न सक्षम प्रशासन अपरिहार्य छ” भने ।

‘सक्षम निजामती प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop