www.tandavnews.com
Fact ~ In search of truth
Muglan REstaurent & bar

गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा यज्ञप्रसाद अर्याल

स्याङ्जा ।

Lama collectio News Middle

गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रगतिशील समूहका यज्ञप्रसाद अर्याल विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाबाट प्रगतिशील समूहका अर्याल २२५ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समूहका ध्रुव श्रेष्ठले २१५ मत प्राप्त गरेका थिए ।

नेकपा निकट रहेको प्रगतिशील समूह र नेपाली काँग्रेस निकटको लोकतान्त्रिक समूहबीच प्यानल बनाएर निर्वाचन भएको थियो । नयाँ कार्यसमितिका लागि भएको निर्वाचनबाट लोकतान्त्रिक समूह वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्षसहित अन्य तीन सदस्य पदमा विजयी भएको छ ।

प्रगतिशील समूह अध्यक्ष, कोषाध्यक्षसहित दुई सदस्य पदमा विजयी भएको निर्वाचनमण्डलका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण चापागाईंले बताए।अध्यक्षमा विजयी अर्याल २२५, वरिष्ठ उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी २३२, उपाध्यक्ष बाबुराम पाण्डे २१७, महासचिव कृष्णप्रसाद भट्टराई २७४, सचिवमा उमा श्रेष्ठ २५३, कोषाध्यक्षमा बलराम श्रेष्ठ २१४, सहकोषाध्यक्षमा होमलाल भट्टराई २२८ मतका साथ विजयी भएका हुन् ।

त्यसैगरी सदस्यमा गुमप्रसाद थापा, नरबहादुर गुरुङ, ऋषि बस्याल, हुमकान्त पाठक र चिन्तामणि अर्याल विजयी भएका छन् । चार सय ७० मतदाता रहेको गल्याङ उद्योग वाणिज्य सङ्घको शनिबार भएको मतदानमा ४४५ मत खसेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip