www.tandavnews.com
Fact ~ In search of truth

सरकार मातहतका कार्यालयको सेवा :ढिलासुस्ती र प्राविधिक समस्या

पोखरा
ताण्डव न्यूज ।

कास्की जिल्लास्थित गण्डकी प्रदेश सरकार मातहतका कार्यालयबाट सेवाग्राहीलाई दिइने सेवाहरुमा समस्यै समस्या देखिएको छ ।

जस्तोकी अव्यवस्थित कार्यशैली, प्राविधिक कारण, कर्मचारीको वेवास्ता,नातावाद, बिचौलिया प्रवृति, सरकारी निकायहरुबीच समन्वयको अभाव जस्ता समस्याहरु सेवाग्राहीमा देखिएको एक अध्ययनले देखाएको छ ।

Batas

सयपत्री समाज कास्कीको समन्वयमा अनुसन्धानकर्ता नम्रता खवासले गरेको अनुसन्धानबाट यस्तो देखिएको हो । यस अनुसन्धानको लागि गण्डकी प्रदेश सरकार मातहतका दुवै यातयात व्यवस्था कार्यालयहरु (सवारी र सवारी चालक अनुमतिपत्र) र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई नमुनाको रुपमा छनोट गरिएको थियो ।

भदौ ५ गतेदेखि एक महिनासम्म तीन कार्यालयमा कार्यक्षेत्र अध्ययन गरिएको थियो । अनुसन्धानकर्ता खवासका अनुसार यातायात व्यवस्था कार्यालय(लाइसेन्स) मा एक सय प्रतिशत नै उत्तरदाताहरुकै काम सम्पन्न नभएको पाइयो । एक महिनासम्म गरिएको अध्ययनका उत्तरदाताहरुमध्ये २६.७ प्रतिशत काम सम्पन्न भएको र बाँकी ७३.७ प्रतिशतको काम सम्पन्न हुन बाँकी नै रहेको पाइयो ।

त्यस्तै ५६.७ प्रतिशतले नागरिक बडापत्र नै नपढेको र २० प्रतिशत उत्तरदाताहरुले सो बडापत्र कहाँ थियो भन्ने नै थाहा नपाएको भेटियो । अध्ययन गरिएको तीन कार्यालयका कर्मचारीहरुको व्यवहार र कार्यशैली ४०.० प्रतिशत उत्तरदाताहरुलाई नराम्रो लागको पाइयो ।

सयपत्री समाजले केही वर्ष देखि विभिन्न विषयका नीति तथा अनुसन्धान गर्दै आइरहेको छ । समाजका उपाध्यक्ष अमृत भण्डारीले हाल स्थानीय तथा प्रदेशलाई अध्ययनको पाटो बनाउन लागिएको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.