www.tandavnews.com
Fact ~ In search of truth

साग :पोखरामा आज (विहिबार) देखि आर्चरी

पोखरा।

१३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्र्तगत पोखरामा आजदेखि आर्चरी खेल सुरु हुने भएको छ ।

प्रतियोगिता अहिले केहीबेरमा उद्घाटन पश्चात र्याङकिङ राउण्ड सुरु हुने नेपाल आर्चरी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जानकारी दिएका छन् । टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिष्पर्धा हुने भएको हो ।

Batas

कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्स तर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिष्पर्धा गर्ने भएका हुन् । प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले र्याङकिङ गर्ने भएको छ ।

आर्चरीमा नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश सहभागी हुने भएको छ । भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागि हुने हुदैँछन् ।

आर्चरीमा भारत र पाकिस्तान सहभागि नहुने भएको छ । मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने उल्लेख गरेको हो ।

भारत भने विश्व आर्चरी महासंघबाट प्रतिवन्धित (सस्पेन्स) भएकोले सहभागी नहुने भएको हो । पोखरामा आर्चरी यही मंसिर २३ गतेसम्म हुने खेलाडी योगेन्द्र शेरचनले बताए । उनका अनुसार २२ र २३ गते पदकको लागि फाइनल खेल हुन्छ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिष्पर्धा हुने भएको छ ।

सहभागी देशका खेलाडीहरुले बुधबार प्रतियोगिता स्थल तथा प्रशिक्षण मैदानमा पुगेर प्रशिक्षण समेत गरेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.