www.tandavnews.com
Fact ~ In search of truth

कास्की सार्दिखोलामा निःशुल्क आँखा शिविर, २९७ लाभान्वित

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा शनिबार सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २९७ स्थानीयवासी लाभान्वित भएका छन् ।

रमाकान्त-निर्मला फाउण्डेशनको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा सार्दिखोला, चौर, खाँदरजुङ, घलेखर्क, च्याङलुङ, नेप्राङ तथा छिमेकी वडाका स्थानीय बासिन्दाले आँखा परीक्षण गराएका थिए ।

Batas

शिविरमा सहभागीलाई हिमालय आँखा अस्पतालका प्राविधिक स्वास्थ्यकर्मीले आँखाको परीक्षण, औषधि तथा ५५ जनालाई चश्मा वितरण गरेका थिए । परीक्षणमा आएकाहरुमध्ये सात जनामा मोतियाविन्दु देखिएकाले शल्यक्रियाका लागि आँखा अस्पताल सिफारिश गरिएको छ । शिविरमा सहभागीलाई आँखा अस्पतालमा समेत शल्यक्रियाका लागि कुनै शुल्क नलाग्ने जनाएको छ ।

सो अवसरमा आँखा अस्पतालका प्रबन्ध निर्देशक डा. इन्द्रमान महर्जनले आँखा सबैभन्दा संवेदनशील अङ्ग भएकाले बढी ध्यान दिन आग्रह गर्दै आँखाका बिरामीलाई सहज र पायकपर्ने स्थानमा सेवा प्रदान गर्न अस्पतालले वर्षमा १०० भन्दा बढी स्थानमा शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।

सोही वडाका वडाध्यक्ष विक्रम गुरुङले नागरिकको स्वास्थ्यप्रति गाउँपालिका सचेत रहेको बताए । फाउण्डेशनका संरक्षक रमाकान्त बरालले आफ्नो परिवारको आम्दानीको केही रकम सामाजिककार्यमा लगाउने उद्देश्यले संस्था स्थापना गरेको चर्चा गर्दै स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा वर्षेनी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.