www.tandavnews.com
Fact ~ In search of truth

महोत्तरीमा गोली चल्यो, एक घाइते

महोत्तरी

अज्ञात व्यक्तिले गोली चलाउँदा महोत्तरीमा एक जना गम्भीर घाइते भएका छन् । मनरासिसवा नगरपालिका–३ का सहदेवप्रसाद यादवमाथि आज राति २ बजेको समयमा गोली प्रहार भएको हो ।

घाइते अवस्थामा रहेका यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । छातीमुनि गोली लागेका यादव अहिले खतरामुक्त रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए । रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.