www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वी जयन्तीको अवसरमा विद्यालय स्तरीय भलिबल

पोखरा ।

२९८ औँ पृथ्वी जयन्ती एबम् राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गर्न लागिएको बिद्यालय स्तरीय भलिबल प्रतियोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रमको तयारी पारिएको छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

Batas

२९८ औँ पृथ्वी जयन्ती मूल समारोह समिति पोखरा २५ हेमजाद्वारा संचालन हुने कार्यक्रम हेम्जा सुपर मार्केट नहर चोक मा हुने समितिका अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए ।

नेपाली नेपाली बीच भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्य सहित आयोजित कार्यक्रम मा राष्ट्रिय स्तरका कलाकार हरु को सांगीतिक प्रस्तुति, बिद्यालय स्तरीय भलिबल प्रतियोगिता, भजन चुट्का, पन्चेबाजा प्रस्तुति, समूह स्तरीय गायन प्रतियोगिता तथा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रम हुने छन् ।

बिद्यालय स्तरीय भलिबल प्रतियोगिताका बिजेताले नगद ३००००, दृतिय हुने ले २०००० साथ मा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।त्यस्तै बिद्यालय स्तरीय नृत्य प्रतियोगिता मा प्रथम हुनेले नगद ५०००, दृतिय हुने ले ४००० र तृतीय हुने ले ३००० रुपैयाँ प्राप्त गर्ने छन् भने अन्य प्रतियोगित मा आकर्षण पुरस्कार को ब्यबस्था रहेको छ ।

कार्यक्रम यही पौष २७ देखि २९ सम्म हुने समिति का उपाध्यक्ष एबम प्रचार प्रसार संयोजक बिराज शर्माले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.