www.tandavnews.com
Fact ~ In search of truth

तेस्रो ‘स्व. रञ्जित स्मृति नवौं एट ए साईड अन्तर्राष्ट्रिय भेट्रान्स कप’को तयारी पूरा

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

बगर भाईखलकको आयोजनामा हुने तेस्रो ‘स्व. रञ्जित गुरुङ स्मृति नवौं एट ए साईड अन्र्तराष्ट्रिय भेट्रान्स (४० प्लस) फुटबल प्रतियोगिता २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा ‘स्थास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ आगामी ६ देखी ११ गते सम्म आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज (बिहिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

Batas

भाईखलकका अध्यक्ष दिल बहादुर गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारी भएको बताउदै प्रतियोगिता सम्पन्न गर्न आफ्नो संयोजकत्वमा १ सय १ सदस्यीय मूल समिति र विभिन्न १३ उपसमिति गठन गरिएको बताए ।

गुरुङले पुरस्कार राशिमा बृद्धि गरेको बताए । उनले सो प्रतियोेगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख ११ हजार प्राप्त गर्ने बताए । उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५५ हजार ५ सय ५५ प्रदान गरिनेछ ।

अध्यक्ष गुरुङले विद्यागत रुपमा पुरस्कारको व्यवस्था गरिएको बताउदै सर्बाेत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिने जानकारी दिए । उनका अनुसार उत्कृट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्डलाई जनही ट्रफी सहित नगद ५ हजारले पुरस्कृत गरिनेछ ।

त्यस्तै अनुशासित टिम र प्रतियोगितामा सहभागी खेलाडी मध्येको सबैभन्दा जेष्ठ खेलाडीलाई सम्मान र प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको उनले बताए ।

गुरुङले प्रतियोगितामा २८ टिमको दर्ता भैसकेको बताउदै बिहिबार बेलुका सम्म खेल तालिका समेत सार्वजनिक गरिने जानकारी दिए । उनका अुनसार सो प्रतियोगितामा एक विदेशी टिम, काठमाण्डौ, हेटौडा, चितवन, वीरगञ्ज, कैलाली, परासी तथा बुटवल लगायत स्थानका टिमहरुको सहभागिता रहने बताए ।

कार्यक्रमको उद्घाटन समारोहमा पूर्व अन्र्तराष्ट्रिय खेलाडी, पूर्व राष्ट्रिय मुख्य प्रशिक्षक एवं भु.पु. खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्क बहादुर रानाभाटलाई ताम्रपत्र एवं दोसल्लाले सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष गुरुङले बताए ।

सो प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १४ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ । गत वर्ष सम्पन्न आठौं संस्करणको उपाधि ए.वी.सी पोखराले जितेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.