www.tandavnews.com
Fact ~ In search of truth

लियो चौतारीको २० औँ वार्षिकउत्सव, शैक्षिक सामाग्री वितरण

पोखरा ।

लियो जिल्ला परिषद ३२५ बि ०१ नेपाल अन्तर्गतको लियो क्लब अफ पोखरा चौतारीले एक कार्यक्रमका बिच आफ्नो २० औँ वार्षिक उत्सव मनाएको छ ।

कार्यक्रममा लायन शिव वहादुर खड्काको प्रमुख अतिथ्थता रहेको थियो भने लियो जिल्ला परिषद ३२५ बि ०१ नेपालका अध्यक्ष बिनायक पौडेलका साथै अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अवसरमा क्लबका पूर्ब अध्यक्षहरु लियो बिक्रम थापा र लियो प्रदिप पौडेलले आफ्नो कार्यकालमा सहयोग गरेका पूर्व अध्यक्षहरु विष्णु तिमिसिल्ना र हरिरह पराजुलीलाई ताम्रापत्र र अन्य लियो साथिहरुलाई अवार्डका साथ सम्मान गरेका थिए ।

Batas

यसैविच लियोको इतिहासमा नै पहिले एम.जे.एफ दिने क्लबका स्थापनाकालिन सदस्य चन्द्रबहादुर कुँवरलाई ताम्रापत्रका साथ बिशेष सम्मान गरिएको गरेको थियो ।‘हामी सेवा गर्छौ’ भन्ने मूलमन्त्र बनाई मानवीय सेवामा समर्पित लायन्स क्लबकको युवा पुस्तामा रहेका लियोहरु यसरी सामाजिक कार्यसगै नेतृत्व र ब्यक्तित्व बिकासमा अग्रसर भईरहन सबै बक्ताहरुको सुझाव थियो ।

क्लबका अध्यक्ष बिशाल अधिकारीको अध्यक्षतामा पोखरा १७ सिमलटुडा स्थित सडक वालवालिका पूर्नस्थापना केन्द्रमा शैक्षिक सामाग्री,स्टेशनरी तथा झोला वितरण कार्यक्रम गरिएको क्लवका उपाध्यक्ष किरण अधिकारीले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.