www.tandavnews.com
Fact ~ In search of truth

घान्द्रुकमा कोेरोना सचेतना, लामा अमृत र लक्षिण फाउण्डेशनद्वारा टावेल र साबुन सहयोग

प्रतिक्षा बास्तोला / विद्यार्थी पत्रकार,

ताण्डव न्यूज /पोखरा ।

कास्कीको पर्यटकिय गाउँ घान्द्रुकमा ‘कोभिड १९’ कोरोना भाईरसको सचेतना कार्यक्रम सहित साबुन तथा टावेल सहयोग गरिएको छ ।

लामा अमृत फाउण्डेशन घान्द्रुक र लक्षिण फाउण्डेशन न्यूयोर्कले संयुक्त रुपमा घान्दु्रक गाउँका विद्यार्थी डे केयर सेन्टर तथा प्रहरीहरुलाई सहयोग गरेको हो ।

फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले सो अवसरमा बोल्दै घान्द्रुकमा पहिलो पटक कोरोनाको संक्रमणबाट बच्ने उपाय र सतर्कता अपनाउन सो सहयोग गरेको बताए । उनले कोरोनाबाट त्रसित हुन भन्दा सचेत हुन आवश्यक रहेको धारणा राखेका थिए ।

त्यस्तै अर्का फाउण्डेशनका संस्थापक लक्षिण गुरुङले नेपाल नभित्रदै सबै सतर्क रहनपर्ने बताए । उनले गाउँमा सचेता जगाउने उद्देश्य सहित सहयोग गरेको बताए ।त्यस्तै मेश्रम बराह माबिका प्रध्यानाध्यापक याम प्रसाद भण्डारीले फाउण्डेशन द्वयलाई धन्यवाद दिए । आफ्नो गाउँ प्रतिको माया दर्शाएको बताउदै भण्डारीले सो सहयोगको महत्वपूर्ण र अर्थपूर्ण रहेको तर्क राखेका थिए ।

फाउण्डेशनद्वयले अन्नपूर्ण गाउँपालिका १०-११ घान्दु्रकको २ सय ५० विद्यार्थीलाई, स्वास्थ्य चौकीका ११ कर्मचारीलाई, २० महिला स्थास्थ्य स्वयंसेवीका, प्रहरी चौकीका ७ जनालाई र शिशु स्याहार केन्द्र (चाईल्ड डे केयर सेन्टर) का २५ जनालाई साबुन र टावेल सहयोग गरेका थिए । फाउण्डेशनका अनुसार ३ सय बढि टावेल र ६ सय बढि साबुन वितरण गरिएको थियो ।

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाईरसको सक्रमण ७० बढि राष्ट्रमा फैलिसकेको छ भने विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत उच्च जोखिममा रहेको बताईसकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.