www.tandavnews.com
Fact ~ In search of truth

सिक्लेसमा लकडाउन कडा, नयाँ व्यक्ति प्रवेश निषेध

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

ढुङ्गैढुङ्गाले सिगारिएका बाटो, घरहरु र सिङ्गो गाउँ । कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय गुरुङ गाउँ च्यूली (सिक्लेस) को परिचय । स्थानिय पाका व्यक्तिहरुको दैनिकी अन्नवाली स्याहारमै बितेको छ भने युवाहरु भलिबल र बास्केटबलमा मस्त रहन्छन्  पोखरा लगायत अन्य शहरमा झरेकाहरु लकडाउनका कारण गाउँ फर्किए पश्चात सिक्लेसमा अलि बढि कोलाहल बढेको छ । तर बाह्य व्यक्तिहरु भने देखिदैनन् ।

सदावहार आन्तरिक र बाह्य पर्यटकको चहलपहल भैरहने यस गाउँमा अहिले भने कारोना कहरका कारण शुन्य छ । ‘लकडाउन सुरु भएसँगै गाउँमा कसैलाई पनि आउन दिएका थिएनौ, अहिले अलि खुकुलो गरेका हौ फेरी भोलिदेखी नै कडा गर्दैछौ ।’ मादी गाउँपालिका १ का वडा अध्यक्ष सुरज कुमार गुरुङले ताण्डव न्यूजसँग भने ।

Batas

गुरुङले कोरोना संक्रमणको सँख्यामा दिनानुदिन बृद्धि भएपछि जोखिम न्यूनीकरणका लागि पाहुनाहरुलाई प्रवेशमा रोक लगाईएको बताए ।

‘हामीले मिडियाकर्मीहरुलाई रोक लगाएका होईनौ, यदि आउनै पर्ने भए पूर्व जानकारी दिएर स्थानिय सरकारसँग समन्वय गरेर मात्र आउन भनेका छौं ।’ अध्यक्ष गुरुङले भने ।

कोरोना कहरका कारण सरकारले जारी गरेको लकडाउनले सिक्लेसीको दैनिकीमा समेत प्रत्यक्ष प्रभाव पारेकाले केही खुकुलो पारिएको बताउदै यही सातादेखी नंया तथा अपरिचित व्यक्तिहरुलाई गाउँ प्रवेशमा रोक लगाईने बताए ।

‘पहिला त गाउँको युवाहरुलाई स्वंयमसेयक बनाई आमाटोलीले खाजाको व्यवस्था गरेर सिक्लेस प्रवेश गेटमा खटाएका थियौ, उनले भने, लामो समय लकडाउन हुने भएपछि केही खुकुलो गरेका थियौ । गाउँमा नंया व्यक्तिहरु देखिन थालेपछि फेरी कडा पर्ने तयारीमा छौ ।’

सार्वजनिक बाटो तथा सडक बन्द गर्नेगरी अनावश्यक तगारो तेसार्ने तथा बाटो अवरुद्ध गर्ने र विभिन्न चेकजाँचको नाममा दुख दिने कार्य गरेको पाईएमा कारवाही गर्र्न सम्बन्धित प्रशासनलाई गृहमन्त्रालयले निर्देशन दिईसकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.