www.tandavnews.com
Fact ~ In search of truth

फेदीखोलाका पुरुषको बाटोमै मृत्यु भएको थियो, भारतबाट फर्किएको जानकारी थिएन अस्पताललाई

पोखरा
ताण्डव न्यूज ।

भारतबाट फर्किएका स्याङ्जा फेदीखोलाका एक पुरुषको मृत्यु भएको पश्मिाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । जेठ १३ गते भारतकाे वनारसबाट फर्किएका ति पुरुष गाउँपालिकाकै क्वारेन्टाइनमा बसेका थिए । जेठ १६ गते उनको स्वाब संकलन गरि पठाइएको थियो ।

पिसिआर टेस्ट गर्दा  कोरोना संक्रमण नरहेको पुष्टि भएपछि उनलाइ अाइतबार डिस्चार्ज गरिएको फेदीखोला गाउँपालिका स्वास्थ्य महाशाखा प्रमुख खिलाप्रसाद पौडेलले बताए । पौडेलका अनुसार डिस्चार्ज भएर घर फर्कदै गर्दा बाटाेमै ति पुरुषमा एक्कासी स्वास्थ्यमा समस्या आएपछि उपचारकोलागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको थियो ।

Batas

अस्पताल आउनुअघि नै उनको मृत्यु भएको अस्पतालका सुचना अधिकारी नारायण आचार्यले जानकारी दिए । ‘यहाँ ल्याएर सिधै इमर्जेन्सीमा लग्यौं । उहाँको बाटोमै मृत्यु भएको थियो । एकपटक चेक गर्दा संक्रमण नदेखिएपनि हामीले पुनः परिक्षणकालागि पठाएका छौं । आजै रिपोर्ट आउँछ’ आचार्यले ताण्डव न्यूजसँग भने ।

अधिकारीका अनुसार मृतक क्वारेन्टाइनमा बसेकोबारे आफन्तले अस्पताललाई सुरुमा जानकारी गराएनन् । उनले भने‘सुरुमा भारतबाट आएर क्वारेन्टाइनमा बसेको थाहा पाइएन, उहाँहरुले भन्नुभएन । यदि कोरोना संक्रमण पुष्टि भयो भने सबै क्वारेन्टाइनमा बस्नुपर्छ ।’

यस्तै, मृतकका एक आफन्तले पनि अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको ताण्डव न्यूजलाई बताए ।

गाउँपालिकाका स्वास्थ्य महाशाखा प्रमुख पौडेलका अनुसार मृतकले २०७१ सालदेखि नै मुटु रोग र प्रेसरको औषधी खाँदै आएका थिए ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.