www.tandavnews.com
Fact ~ In search of truth

सधैँ लकडाउन गरेर रोगलाई जित्न सकिएला भोकलाई सकिन्न : मुख्यमन्त्री गुरुङ

पाेखरा
ताण्डव न्यूज । 

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउनसँगै विकास निर्माणको काम अघि बढाउनुपर्ने बताएका छन् । गण्डकी प्रदेशसभाको छैटौं अधिवेशनको पन्ध्रौं बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन।

‘सधैँ लकडाउन गरेर रोगलाई जित्न सकिएला भोकलाई सकिन्न। घरमै बस्ने कुरालाई जित्न सकिएला,’ उनले भने, ‘हाम्रो पूँजी विकासलाई बचाउन सकिन्न। हाम्रो जीरोमा गईसकेको अर्थतन्त्रलाई फेरी जीवीत बनाउने हो भनेदेखि हामीले सर्प पनि मार्नुपर्छ, लट्ठी पनि भाँचिन दिनुहुँदैन।’  उनले कोरोना महामारीको प्रभावको समयमा लकडाउनकै बीचमा गण्डकी प्रदेशले अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणको काम सुरु गरेको पनि बताए।

Batas

‘लकडाउन गरिरहँदा कोभिड विरुद्ध लडिरहनुपर्छ भनेर शिथिल हुँदै गएको अर्थतन्त्रलाई चलायमान बनाउन हामीले बैशाखको पहिलो हप्ताबाट विकास निर्माणको कामहरु विस्तारै सुरु गरेका थियौँ,ँ उनले भने, ‘बैशाख २६ गते मात्रै नेपाल सरकारले विकास निर्माणको काम गर्नुपर्छ भनेर निर्णय गर्यो।’

नेपाल सरकार र अरु प्रदेशले अवरोध गरे

उनले गण्डकीको जनजीवन सामान्य बनाउने विषयमा नेपाल सरकार र अन्य प्रदेशले अवरोध गरेको आरोप लगाए। ‘हाम्रो धेरै हरियो गाउँहरु छ। त्यस्ता गाउँहरु किन लक गरेर राख्ने ? बाहिरबाट आएका मान्छेलाई लक गर्छाैँ कुटो कोदालो लक गर्न हुन्न भन्यौँ। त्यसका लागि मल बीऊ र औजारको ढुवानीको प्रबन्ध गर्नुपर्छ भन्यौँ।  त्यहाँनिर समस्या थियो,’ उनले भने, ‘यो गण्डकी सरकारले अगाडि सारेको कुरा थियो। तीन नम्बर प्रदेश बेखबर थियो, पाँच नम्बर प्रदेश बेखबर थियो, नेपाल सरकार बेखबर थियो। तर, हामीले उद्योग चलाउँदा कच्चा पदार्थ ल्याउनु पथ्र्याे।’

उनले प्रदेशभित्रको कच्चा पदार्थको भने व्यवस्थापन गरेको दाबी गरे। ‘गण्डकी प्रदेश भित्रको हामीले म्यानेज गरेका थियौँ। तर, पाँच नम्बर र तीन नम्बर प्रदेशबाट ल्याउने कुरालाई उनीहरुले बुझेनन्, अवरोध गरे’ उनले भने।

उनले नेपाल सरकारलाई पहिले नै रक्सौलमा, रुपैडियामा, काँकडभित्ताको नाकामा सेनीटाइज गरिदिनुहोला भनेको तर, ढिलो गरी कार्यान्वयन गरेको दाबी गरे। सीडिओहरुले नेपाल सरकारले समयै निर्णयहरु नगर्दा प्रदेशले काम गर्न समस्या भएको उनको आरोप छ।

उनले प्रतिपक्षी दलका सांसदहरुलाई प्रदेशको समस्या बुझ्न नखोजेको आरोप पनि लगाए। ‘हामीले केके समस्या भोगेका छौँ खै प्रश्न गरेको माननीयहरुले’ उनले प्रतिप्रश्न गर्दैै भने, ‘खाली यो सरकारले केही गरेन भनेर विरोध गरे भो ?’  उनले गण्डकी सरकारले रातदिन नभनी काम गरिरहेको दाबी गरे।  ‘यो सरकार एक दिन निदाएको छैन। मुख्यमन्त्री शनिबारको दिनमा पनि घरमा बसेको छैन।  रातदिन नभनी काम गरिरहेका छौँ,’ उनले भने, ‘राष्ट्रिय समस्याका कारण हामीले गरेका कामको परिणाम पाउन सकिराखेका छैनौँ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.