www.tandavnews.com
Fact ~ In search of truth

बाग्लुङ, स्याङजा र नवलपरासी पूर्वमा थप संक्रमण पुष्टि

पाेखरा । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङ, स्याङजा र नवलपरासी पूर्वमा थप संक्रमण पुष्टि भएको छ ।

बाग्लुङका ८ जना, स्याङजाका २२ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले विज्ञप्तिमार्फत् जनाएका छन्। संक्रमितमा ६ महिला र ३२ पुरुष छन्। स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा १२ महिनाको शिशुमा पनि संक्रमण देखिएको छ।

Batas

नवलपरासीपूर्वका हुप्सेकोट गाउँपालिका र स्याङजाको वालिङ नगरपालिकाका संक्रमित आइसोलेसनमा बसिसकेको र अन्य निकायका व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८ सय ३८ पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.