www.tandavnews.com
Fact ~ In search of truth

विश्वकर्मा समाज नेपालद्वारा ४२ विपन्न परिवारलाई राहत सहयोग

पोखरा
ताण्डव न्यूज ।

विश्वकर्मा समाज नेपालले पोखरा महानगरपालिका २१ निर्मल पोखरीका अति विपन्न दलित तथा गैरदलित ४२ घर परिवारलाई राहत वितरण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै राहात स्वरुप चामल, दाल, नून, तेल तथा सोयाविन लगायतका खाद्यान्नका सामाग्री वितरण गरेको हो ।

राहात प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका सदस्य सीता देवी विकले निर्मल पोखरीलाई प्राथमिकता दिई अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकोमा प्रशंसा गर्दै उक्त कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारण व्यक्त गरिन् । उनले दलितलाई मात्र नभई गैरदलितका समेत चुल्हो बाल्ने काम भएकाले उदाहरणीय कार्य भएको बताईन् ।

Batas

त्यस्तै विश्वकर्मा समाज नेपालका अध्यक्ष गणेश बराईलीले सबैको साथ र सहयोगबाट राहात वितरण कार्यक्रम सफल भएको बताए । उनले राहात वितरण जस्ता सामाजिक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने धारणा राखे । अध्यक्ष बराईलीले यसअघि भुकम्पबाट क्षति पुगेको गोरखाको नारेश्वर र सिन्धुपाल्चोकमा समेत सो समाजले राहत वितरण गरेको कुरा स्मरण गर्दै विगत देखी नै सामाजिक र रचनात्मक कार्यक्रम आयोजना गर्दे आएको उल्लेख गरे ।

यसैगरी विश्वकर्मा समाजका वरिष्ठ उपाध्यक्ष दिलबहादुर विश्वकर्माले निर्मलपोखरी बासीलाई सानो सहयोगसँगै सदा साथ रहने प्रतिवद्धता जनाए । समाजका उपाध्यक्ष रनबहादुर विश्कर्माले राहात वितरणको क्रममा दलित मात्र नभई गैरदलितको समस्यालाई सम्बोधन गरेको बताए ।

समाजका महासचिव लाल सिंह घतानेले भुकम्पको समयमा आफ्नै पहलकदमीबाट आर्थिक संकलन गरि राहात वितरण गरेको स्मरण गर्दै यस राहात संकलनको क्रममा आर्थिक सहयोग गर्नुहुने सबै दाताहरुलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै राहात वितरण समितिका संयोजक शाकमान सदाशंकरले राहत वितरण कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि भुमिका खेल्ने तथा आर्थिक सहयोग गर्नुहुने व्यक्तिहरुलाई आभार प्रकट गरे ।

उक्त राहात वितरण कार्यक्रममा विश्वकर्मा समाज नेपालका कोषाध्यक्ष बाबुलाल घिमिरे, चेतनसिंह गिरी लगायतले बोलेका थिए । दुर्गा बहादुर वि.क को सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विश्वकर्मा समाज नेपाल महिला समितिका अध्यक्ष मञ्जु घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.