www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीमा कन्ट्याक्ट ट्रेसिङ जटिल बन्दै

नवलपरासी ।

समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब संकलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्भावित संक्रमितले स्वाब संकलन गराउने तर स्वाब संकलन गराएपश्चात् होम आइसोलेसनमा नबस्ने गरेपछि कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार स्वाब संकलन गराउने व्यक्ति सम्भावित संक्रमित हुनसक्छ । स्वाब संकलन गराएपछि सम्भावित संक्रमित रिपोर्ट नआएम्म होम आइसोलेसनमा अनिवार्य रूपमा बस्नुपर्ने हुन्छ ।

Batas

अनिवार्यरूपमा होम आइसोलेसनमा नबस्ने र रिपोर्ट आउने समयसम्म संक्रमित व्यक्तिको हिँडडुलकै कारण अन्य व्यक्तिलाई पनि संक्रमण फैलिसकेकाले कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी स्वाब संकलन गराएका सबै व्यक्ति अनिवार्यरूपमा होम आइसोलेसनमा नबसेको पाइएपछि स्वाब संकलन गराउने सबै व्यक्तिको नामावली संकलन गरी अनिवार्यरूपमा निगरानी गर्ने तयारी गरिएको छ ।

जिल्लास्तरीय कोरोना नियन्त्रण समितिका अनुसार अब सबै स्थानीय तहले आआफ्नो स्थानीय तहमा स्वाब संकलन गराएका सबै व्यक्तिको नामावली अनिवार्यरूपमा समितिमा पठाउनुपर्ने हुन्छ ।

समितिले आवश्यकतानुसार सो नामावली सार्वजनिक गर्ने र सम्बन्धित स्थानीय तहमार्फत स्वाब संकलन गराएका व्यक्तिहरुलाई अनिवार्यरूपमा होम आइसोलेसनमा बसाउन निगरानी गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ढकालले जानकारी दिए । जिल्लामा चार स्वास्थ्यकर्मी, विभिन्न कार्यालयमा कार्यरत छ कर्मचारी, एक जना गाउँपालिका अध्यक्षसहित हालसम्म कोरोना संक्रमितको संख्या १७८ पुगेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.