www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वीराजमार्ग तीन दिनदेखि एकतर्फी

तनहुँ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फीपमा सञ्चालनमा आएको छ । गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि हटाउन नसक्दा एकतर्फी मात्रै सवारी सञ्चालनमा ल्याइएको हो ।

ठूला ढुंगा खसेर सडक अवरुद्ध हुँदा ठूला सवारीलाई आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । पहिरोले राजमार्ग अवरुद्ध भएलगत्तै दुई डोजर प्रयोग गरेर माटो पन्छाए पनि ढुंगा हटाउन नसक्दा समस्या आएको हो । उनले भने, ‘ढुङ्गा हटाएर दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।’

Batas

अवरुद्ध राजमार्ग एक घण्टाको अवधिमा पहिरो हटाएर एकतर्फी सवारीसाधान सञ्चालन गरिए पनि ढुगां हटाउन नसक्दा दुईतर्फी गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

वर्षायामको समय उक्त क्षेत्रमा पटक–पटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरे पनि वर्षा नभएको समयमा समेत सुक्खा पहिरो खस्दा सर्वसाधारणले सहजरूपमा आवतजावत गर्न पाएका छैनन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.