www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेमा कास्की अन्नपूर्णका ६८ वर्षीय पुरुष

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका –३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुष रहेको स्वास्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

उनको आज बिहान सवा ४ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यो संगै कास्कीमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १०६ पुगेको छ भने प्रदेशमा मृतकको संख्या १८७ पुगेको छ ।

यसैबीच गण्डकी प्रदेशमा आज ८२ जना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित भन्दा बढी निको भएका छन् । आज १४९ जना संक्रमित निको भएका छन ।

संक्रमित हुनेमा कास्की ३५ जना, लमजुङका १०, मनाङका १, मुस्ताङका ४, स्याङ्जाका ३, तनहुँका ७,म्याग्दीका १, पर्वतका १, गोरखाका २ र नवलपरासीका ७ जना रहेका छन् ।

गण्डकी प्रदेशमा यो सँगै संक्रमितको संख्या १३ हजार ६६५ पुगेको छ । जसमध्ये ११ हजार ९१४ जना निको भएका छन् । भने १ हजार ५ सय ६४ जना सक्रिय संकमित रहेका छन् । हाल १ हजार ४५६ संक्रमित होम आइसोलेसनमा रहेका छन्

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.