www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश स्तरिय क्रिकेटः आज कास्की र नवलपुरविच अन्तिम खेल

हिजोको खेलमा तनहुँमाथि कास्कीको जित

पोखरा ।

गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (बुधबार) कास्की र नवलपुरविच अन्तिम खेल हुनेछ ।

हिजो (मंगलबार)को खेलमा कास्कीले तनुहँमाथि जित निकालेको छ । हिजोको खेलमा कास्कीले जित निकाल्दै लिग तालिकामा थप दुई अंक जोडन सफल भएको छ ।

Batas

दिपेश खत्रीले घातक बलिङ्ग गरेपछि कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको हो । पोखरा रंगशालामा जारी खेलमा जितका लागि १ सय ५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका व्याट्म्यानहरु खत्रीको धारिलो बलिङ्ग अगाडी टिक्न नसकेपछि उनीहरुको पारी १ सय २३ रनमै समेटियो । खत्रिले आफ्नों कोटाको पुरै १० ओभर बल फाल्दा ५ मेडन सहित मात्रै ९ रन खर्चिएर ४ विकेट लिएका थिए । तनहुँको तर्फबाट समिर कँडेलले ४१ रन बनाए । कास्कीको बलिङ्गमा सुवास भण्डारीले ३ विकेट लिए ।

यसअघि टस जितेर मैदान उत्रिएको कास्कीले ४७.५ ओभर खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १ सय ५४ रन बनाएका थियो । जसमा अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङ्गले २० रन बनाएका थिए । तनुहँको बलिङ्गमा दिनेशजंग बुढामगरले ३, राजु गुरुङ्गले २ तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक एक विकेट लिएका थिए । खेलमा कास्कीका दिपेश खत्री म्यान अफ द म्याच घोषित भए । उनलाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले ट्रफि प्रदान गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.