www.tandavnews.com
Fact ~ In search of truth

१०२ एम्पुल लागूऔषधसहित पर्वतका मनोज कुवँर पोखरामा पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

नारायणगढबाट बागलुङतर्फ जाँदै गरेको बसमा सवार एक युवक लागूऔषध सहित पक्राउ परेका छन् ।

पर्वत जिल्ला कुश्मा नगरपालिका –३ बडडाँडाका २२ वर्षीय मनोज कुँवर पोखरा महानगरपालिका २७ डाँडाकोनाकबाट आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

उनी नारायणगढबाट बागलुङतर्फ जाँदै गरेको ग १ ख ७८८३ नम्बरको बसमा सवार थिए । उनको साथबाट डाइजापाम ३४ एम्पुल, फेनारगन ३४ एम्पुल, नुर्फिन ३४ एम्पुल गरी जम्मा १०२ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनले लागूऔषध झोला भित्र पत्रिकामा टेपले बेरी राखेका थिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.