पोखरा,
ताण्डव न्यूज ।
लोक सेवा आयोग आज देखि पदाधिकारीविहीन बनेको छ । आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसहित चार जना सदस्यको कार्यकाल सकिएसँगै लगायतको कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन बनेको हो ।
अध्यक्ष मैनालीसहित सदस्यहरू विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हादेव राय, कृष्णचन्द्र झाको पनि कार्यकाल सकिएको हो।
उनीहरुको ६ वर्षे कार्यकाल हिजो मंगलबार सकिएको हिजो पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

नयाँ पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा आयोग पदाधिकारीविहीन बन्न पुगेको छ भने नयाँ नियुक्तिमा अन्योलता देखिएको छ ।आयोग पदाधिकारीविहीन हुँदा कामकारवाहीमा असर परेको छ।आयोगमा नयाँ पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषदबाट सिफारिस गरेर संसदीय सुनुवाइबाट अनुमोदन गर्नुपर्ने नियम छ।
यसैबीच गण्डकी प्रदेश लोकसेवा आयोगमा पदाधिकारीले आज सपथ ग्रहण गर्ने भएका छन् । अध्यक्ष विष्णुप्रसाद नेपाल र सदस्य कल्पना लम्सालले आज सपथ लिने भएका हुन्
आयोग ३ सदस्यीय हुने भएपनि अझै एक जनाको नाम सिफरिस भएको छैन । यस्तै उच्च अदालत पोखराका मुख्य न्यायधीश रमेश पोख्रेलले प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहितको उपस्थितिमा सपथ लिनेछन्
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.