www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ:चोरीको आरोप लागेपछि नगरपालिकाका कर्मचारीले बन्द गरे कामकाज

तनहुँ ।

तनहुँको भानु नगरपालिकाका कर्मचारीले अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन्।

कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको आरोप लगाएपछि विरोध गर्दै नगरपालिकाका कर्मचारीले आइतबारदेखि कामकाज बन्द गरेका हुन्।

Batas

नगरपालिकाका सम्पूर्ण कर्मचारीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना नभएसम्म काम पुनः सञ्चालन नगरिने जनाएका छन्।

चैत २० गते काम गरिरहँदा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको जस्तो झुटो आरोप लगाई प्रहरीलाई खबर गरी प्रहरी सहितको टोलीले डरधम्की दिई जबर्जस्ती मुचुल्कामा सही छाप गर्न लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘कर्मचारीलाई प्रहरी हिरासतमा राख्ने जस्ता निन्दनीय र अपमानजनक क्रियाकलाप भएको प्रति सम्पूर्ण कर्मचारी मर्माहत छौँ’, विज्ञप्तिमा भनिएको छ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.