www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीले संसदमा भनेः मलाई निरन्तरता दिईनेछ भन्ने विश्वास छ

काठमाडौँ,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन् । संसदबाट सरकारलाई समर्थन प्राप्त हुनेमा विश्वस्त रहेको बताउँदै सम्पूर्ण सांसदहरुसँग ओलीले विश्वाको मत मागेका हुन ।

‘यहि सम्माननीय संसदको बलमा म ३ वर्षदेखि प्रधानमन्त्रीको हैसियतमा छु, सरकारले सकारात्मक कामहरु गर्दा गर्दै मलाई हटाईन्छ भनेर म कसरी विश्वास गर्न सक्छु,?’ ओलीले भने ।

Batas

प्रधानमन्त्री ओलीले सरकारमाथि हिलो छ्याप्ने काम भएको भन्दै दुख व्यक्त गरे । प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणलगायतका कार्यमा उल्लेख्य प्रगी र्दा पनि विपक्षीहरुबाट हिलो छ्याप्ने काम भएको बताए । उनले महामारीको समयमा भ्रष्टाचार भए कारबाही हुने बताए । उनले भने, ‘यस्तो महामारीको बेलामा पनि कसैले भ्रष्टाचार गरेको छ भने छानबिन गरेर कारवाही हुन्छ । तर यहाँ त निराधार आरोप लगाएर सरकारलाई बदनाम गर्न खोजियो ।’

कारण जेसुकै होस्, हाम्रा गतिविधि, चिन्तन, प्रयास र ध्यान जे कुरा केन्द्रित हुनुपर्थ्यो, त्यस्तो हुन सकेन। सरकारले आफ्नो ध्यान कोभिडविरुद्ध र विकासका गतिविधिमा ध्यान दिन चाह्यो। तर सरकारले अनेक अप्ठ्याराको सामना गर्नुपर्यो।’ कतिपय सन्दर्भमा प्रधामन्त्री र सरकारविरुद्ध हिलो छ्याप्ने काम भएको गुनासो उनले गरे।

‘कोभिडविरुद्धको खोप खरिदमा भएको भ्रष्टाचारका कुरा ल्याउने, नभएका कुरा बाहिर ल्याउने काम भयो,’ उनले भने, ‘तुलनात्मक रुपमा पहिलो लहरमा न्यून क्षति गर्न सफल भयौं। अब दोस्रो लहरको सामना गर्न सरकार सम्पूर्ण रुपमा केन्द्रित गरेर, नयाँ नयाँ अस्पताल, नयाँ नयाँ बेड, अक्सिजन उत्पादनमा वृद्धि, सिलिन्डर आपूर्ति र विभिन्न देशबाट औषधि मगाइरहेका छौं। महामारीका बेला पनि यदि कसैले भ्रष्टाचार गर्छ भने अपराध क्षम्य हुँदैन। हामी छानबिन गरेर कारबाही गछौंं।’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री बोलिसकेपछि अहिले प्रमुख प्रतिपक्षी दलका काँग्रेस सभापती शेरबहादुर देउवाले बोलिरहेका छन् । उनले प्रधानमन्त्री ओलीकै कारण सरकार असफल भएको आरोप लगाएका छन् । कोरोना महामारीका बेला धरहरा उद्घाटन गर्नु गैरजिम्मेवार भएको देउवाले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.