www.tandavnews.com
Fact ~ In search of truth

जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिने

टोकियो।

जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ।
फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि देखि नै यो खोप उपयोग हुँदै आएको थियो ।

Batas

मन्त्रालयले आगामी सोमबार सो समूहका लागि फाइजार खोप निःशुल्क उपलब्ध गराउने निर्णय सरकारले गर्ने अपेक्षा पनि गरेको छ । यो खोप उनीहरुलाई उपयोग गर्न उपयुक्त हुन्छ की हुँदैन भन्ने बारेमा चिकित्सकीय परीक्षणका लागि दुई हजार २६० बालबालिकालाई लगाइएको थियो ।

परीक्षणबाट सकारात्मक नतिजा आएपछि विज्ञ तथा सरोकारवालाहरुले खोप १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई पनि लगाउने अनुमति दिन सकिने सुझाव दिएका हुन् ।

स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्क व्यक्तिहरुलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमा नै दिइएको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.