www.tandavnews.com
Fact ~ In search of truth

बाढीले पिल्लर भाँचिदा बगायो पोखराको सेल्फी पुल (भिडियो सहित)

जीवन सुवेदी/ताण्डव न्यूज ।

पोखराको वडा नं १८ र २३ जोड्ने पुल बाढीले बगाएको छ । गएराती हर्पन र खहरेखोलामा आएको बाढीका कारण चंखपुरदेखि मार्की जाने बाटोमा रहेको पुल बगाएको हो ।

हर्पन र खहरे गरी दुईवटा खोलाको वहाव एकै ठाउँमा मिसिएर फेवातालसम्म आउने गर्दछ । अविरल वर्षापछि उक्त खोलाको बहाव निकै बढेको छ । पानीको वबहाब बढेसंगै पुलका पिल्लर भाँचिदा पुल बगाएको हो ।

Batas

पुल बगेसँगै स्थानीय बासिन्दाहरुलाई आवतजावतमा कठिनाई भएको स्थानीय मदनमणी तिमिल्सिनाले ताण्डव न्यूजलाई जानकारी दिए । पुल बाढीले बगाएसँगै मार्कीका बासिन्दा पामे पुगेर घुमाउरो बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता भएको छ । पुलसँगै उक्त क्षेत्रमा रहेका ३ वटा कटेज समेत बाढीले बगाएको छ ।

पछिल्लो समय उक्त पुल यूवायूवतीहरुबीच निकै आकर्षणको गन्तव्य बनेको थियो । सेल्फी पुलको नामले समेत परिचित उक्त पुलमा पर्यटकहरु समेत पुगेर फोटो खिच्ने गर्दथे । मोटरसाईकल आवतजावत समेत गर्न मिल्ने फलामबाट बनेको उक्त पुल २०७३ सालमा निर्माण गरिएको थियो । त्यसभन्दा अघि उक्त ठाउँमा साँघुमात्र रहेको थियो ।

फोटो र भिडियो क्लिपः जीवन सुवेदी

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.