www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरले किसानलाई उपलब्ध गरायो १५ लाख अनुदान

पोखरा/ ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले सुन्तला बगैँचा सुधारका लागि प्रोत्साहन गर्न किसानलाई अनुदान उपलब्ध गराएको छ ।

मेयर प्रविधिमैत्री बगैँचा ब्यवस्थापन अभियान अन्र्तगत किसानलाई प्रोत्साहन वापत अनुदान उपलब्ध गराएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

Batas

चालु आर्थिक वर्षमा महानगरले बगैँचा सुधारका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको बताए । महानगरले सुन्तला किसानलाई प्रोत्साहन गर्न मेयर प्रविधिमैत्री बगैँचा ब्यवस्थापन अन्र्तगत तीन वर्षमा ४५ लाख रुपैयाँ वितरण गरिएको कडरियाले बताए ।

चालु आव र अघिल्ला दुई वर्षमा १५ लाखका रुपैयाँ विनियोजन गरिएको र आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि २० लाख रुपैयाँ विनियोजन गरिएको उनको भनाई थियो । त्यस्तै चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाका २०४ जना सुन्तला किसानलाई १५ लाख रुपैयाँ वितरण गरिएको उनले बताए ।

अनुदान उपलब्ध गराउदाँ मलखाद प्रयोग गरेका पाँच वर्ष माथिका विरुवाको प्रति विरुवा ३० रुपैयाँ, बोडो पेस्ट लगाए्रको पाँचवर्ष माथिका विरुवाको ३० रुपैयाँ, बोडो मिक्स्चर स्प्रे गरेका पाँच वर्ष माथिका विरुवालाई २० रुपैयाँ र छाप्रो प्रयोग गरिएको पाँच वर्ष माथिका विरुवालाई २० रुपैयाँका दरले प्रोत्साहन स्वरुप रकम उपलब्ध गराएको हो ।

पोखरा महानगर भित्र अहिले १९ हजार १ सय ८८ सुन्तालका विरुवा वितरण गरिएको हो । कृषि महाशाखाले बिहिबार पोखरा २१ फेदिपाटनका किसानलाई रकम वितरण गरिएको छ । पोखराको भरतपोखरी, कृष्ति, निर्मल पोखरी, पुम्दीभुम्दी र हेम्जा सुन्तलाकालागिपकेट क्षेत्रका रुपमा रहेका छन् ।

सुन्तलाले धेरै किसानको जीवन बदलेको र अहिले रोगले विरुवा मर्न लागेपछि बगैचाँ सुधारका लागि महानगरले यो कार्यक्रम सञ्चालन गरेको कडरियाले बताए । उनका अनुसार महानगरभित्र चालु आर्थिक वर्षमा २० हजार नयाँ सुन्तलाका विरुवा रोपिएको छ ।

अनुदान प्राप्त गर्ने कृषकमध्ये सबैभन्दा बढि ६० हजार रुपैयाँ प्राप्त गरेका प्रकाश पौडेलले २०३४ सालदेखि सुन्तला खेती सुरु गरेको बताए । सुन्तलाले उचित बजार मुल्य पाउन कठिन भएको बताउदै महानगरले न्यूनतम मुल्य निर्धारण गरे राहत मिल्ने धारणा राखे । हाल उनले ३० रोपनीमा सुन्तला खेती गर्दै आएका छन् ।

गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक बासु रेग्मीले उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने बताउदै बगैँचा सुधारमा तीनै तहका सरकारले सहयोग गर्ने बताए । उत्पादन बृद्धि भए मात्रै अनुदानको सदुपयोग हुने उनको भनाई थियो । अनुदानका लागि बास्तविक किसानको पहुँच हुनुपर्नेमा उनले जोड दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.