www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः६ संक्रमितले गुमाए ज्यान, कास्कीका १९७ सहित ४१७ जनामा कोरोना पुष्टि

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार कोरोनाबाट ६ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांक अनुसार कास्कीका १, बागलुङका १, स्याङ्जाका १, मनाङका १, र नवलपरासीका २ जना गरी ६ संक्रमितले ज्यान गुमाएका हुन् । यो सगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३१ पुगेको छ ।

Batas

 

यस्तै २४ घण्टामा ४१७ जना संक्रमित थपिएका छन् ।

जसमा कास्कीका १९७ ,मनाङका १, पर्वतका ३९,गोरखाका ४९,लमजुङका १५,तनहुँका २४,बागलुङका ७, स्याङ्जाका ३० र नवलपरासीका ५५ जना रहेका छन् ।

२०४ महिला र २१३ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ६१ हजार ९२३ पुगेको छ ।

यस्तै आज २९४ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ०२४ रहेको छ ।

हाल प्रदेशमा २ हजार ८६८ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ६४४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.