www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरमा एमाले विभाजनको प्रभाव शून्य

नेकपा एमालेमा विभाजनको रेखा कोरिए पनि देशकै सबैभन्दा ठूलो महानगर पोखरामा रहेका २२ वटा वडाका अध्यक्षहरु सतप्रतिशत एमालेमै रहने भएका छन् । दल टुक्रिए पनि माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा ‘एकिकृत समाजवादी’ को पक्षमा कुनै पनि वडा अध्यक्ष नजाने निश्चित भएको स्रोतले जनाएको छ ।

पोखरा महानगरपालिकामा रहेका ३३ वटा वडा मध्ये २२ वटा वडामा अध्यक्षमा एमालेका नै छन् । ती मध्ये सबै वडा अध्यक्षहरु मूल धारको एमालेमै रहेको महानगर स्रोतले बताएको छ । महानगरका मेयर मनबहादुर जिसी, उपमेयर मन्जुदेवी गुरुङ, मेयरका स्वकिय सचिव लक्ष्मण तिमिल्सिना, प्रेस संयोजक माधव बराल लगायतका सबै एमालेमै छन् ।

वडा नं १ की शारदा पराजुली, ५ का वडा अध्यक्ष धनबहादुर नेपाली, ७ का रामचन्द्र बराल, ८ का रुद्रनाथ बराल, १३ का लेखबहादुर तामाङ ‘दर्शन लामा’ एमालेमै छन् । त्यस्तै वडा नं १४ का प्रेमबहादुर कार्की, १५ का प्रकाश पौडेल, १६ का जीवन आचार्य, १७ का तीर्थराज अधिकारी पनि एमालेमै रहेका छन् । १८ का रणबहादुर थापा, १९ का शोभामोहन पौडेल, २० का सिमबहादुर गुरुङ, २१ का खगराज आचार्य, २२ का मित्रलाल बराल पनि एमाले छोडेर जाने पक्षमा छैनन् ।

Batas

त्यसैगरी २४ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, २५ का शोभाकर तिम्सिना, २६ का नारायणप्रसाद बराल, २८ का निर्मल दियाली सुनार, २९ का चेतबहादुर गुरुङ, ३० का श्रीराम पोखरेल, ३१ का कमलबहादुर थापा र ३३ का शिवप्रसाद आचार्य पनि एमालेमै रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा पोखरा महानगरको ३३ वडा मध्ये तत्कालिन एमालेले २२ वटा वडाको अध्यक्ष पदमा जित हासिल गरेको थियो भने नेपाली कांग्रेसले ११ वटा वडामा अध्यक्ष जितेको थियो । एमालेले २० वटामा प्यानलसहित र २ वटा वडामा वडाध्यक्ष मात्र जितेको थियो । तत्कालिन एमाओवादी केन्द्रले भने कुनै पनि वडामा जीत हासिल गर्न सकेको थिएन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.