www.tandavnews.com
Fact ~ In search of truth

किन रोकियो रामघाट ठेक्का प्रक्रिया ?

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिकाले आफ्नो क्षेत्र अधिकारी भित्र पर्ने घाटहरु ठेक्कामा दिन बोलपत्र आव्हान गर्यो । भदौ १ गते सार्वजनिक सूचना जारी गर्दै २८ वटा घाट ठेक्का दिन बोलपत्र आव्हान गरिएको थियो ।

ति मध्ये ९ वटा घाटको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना पनि महानगरपालिकाले असोज ६ गते सार्वजनिक गर्यो । सबै घाट ठेक्का दिने प्रक्रिया अघि बढिरहँदा पोखराको सबै भन्दा ठूलो घाट रामघाट भने ठेक्का प्रक्रियामा अघि बढेको छैन ।

Batas

रामघाट निजी कम्पनीलाई ३५ बर्षको लागि दिन चलखेल भइरहेको हुँदा यस पटक रामघाट ठेक्का प्रक्रियामा अघि नबढेको महानगर स्रोतले बतायो । ‘सार्वजनिक निजी साझेदारी अन्तर्गत रामघाट ३५ वर्षलाई दिनै मिल्दैन,’ स्रोतले भन्यो, ‘कानुन बमोजिम नै छैन यो काम ।’  यसवर्ष घाट नखुले महानगरपालिकालाई ७–८ करोड घाटा पर्ने मात्र होइन रामघाटमै निर्भर रहेर छाक टार्ने ७ सय जनाको बिचल्ली हुने स्रोतको भनाई छ ।

‘कानुन लत्याएर निजी कम्पनीलाई यती लामो समय किन दिनु परेको होला ?’ उनले भने, ‘त्यसैमाथी महानगरपालिका नै प्रष्ट छैन कि यो दिदा के हुन्छ, आई इ ए, इआई ए केही गरेको छैन् ।’ पछिल्लो समय नागरिक समाज लगायतका संघ संस्थाले विरोध गर्दा समेत किन त्यही निजी कम्पनीलाई दिन अघि सरेको भन्ने विषयमा शंका उत्पन्न भएको स्रोतले बतायो । ‘यसरी लागि परेर ३ दशकको लागि दिदा कस्लाई फाईदा छ भन्ने विषय गम्भिर हो,’ उनले भने, ‘नहुने काम गरेर महानगरनै बदनाम हुने भयो ।’

सार्वजनिक निजी साझेदारी (सानिसा) अन्तरगत दिने प्रक्रियामा रहेको हुनाले ढिलो भएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले स्वीकार गरे । ‘सानिसाको काम अघि बढेको हुदा केही समय खुलाएका छैनौ,’ उनले भने, ‘अब केही समय हेर्छौ सानिसा अन्र्तगत सम्झौता भएन भने हामी घाट ठेक्का प्रक्रियामा अघि सार्ने छौँ ।’

एक महिना अघि सार्वजनिक सूचना जारी गर्दै २३ वटा घाटको लागि बोलपत्र आव्हान गरेकोमा ९ वटा घाटको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना पनि असोज ६ गते सार्वजनिक भयो ।

जसमा द्धार कस्यार घाट रक्षा रञ्जन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, भेडिफारम घाट यस्निल इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन, गाउँखर्क ओखलढुंगा गलेश्वर कन्स्ट्रक्सन, रातो पहिरो खोरी घाट ज्ञानेश निर्माण सेवा, गजरे घाट रक्षा रञ्जन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, लालटेन बजार घाट निहित कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रालि, दसखेत घाट निहित कन्स्ट्रक्सन एण्ड विल्डर्स, पुरन्चौर नयाँ घाट अंशु एण्ड अदिती कन्स्ट्रक्सन प्रालि र तल्लो गोस्ते घाट आरुसी कन्स्ट्रक्सनको बोलपत्र छनौट भएको हो ।

सम्बन्धित न्यूज

रामघाटको ३५ वर्षे ठेक्का काण्डः कानुन भन्छ, ‘दिनै मिल्दैन’

महानगरको ‘सेती थुन्ने’ सम्झौतामा अख्तियारको एक्सन, विज्ञ टोलीमार्फत अध्ययन-अनुसन्धान सुरु

भिडियो हेर्नुहोस्

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.