www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पर्यटन दिवसः हाइकिङमा ११ देशका राजदूत (फोटो फिचर)

४२ औँ विश्व पर्यटन दिवस

ताण्डव न्यूज
पोखरा
पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी भएका छन् । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ भन्ने नाराका साथ पोखरामा पदयात्राका लागि हिजो विभिन्न ११ वटा देशका राजदूत आइपुगेका छन् । ४२ औँ विश्व पर्यटन दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले उनीहरूलाई कास्कीको नौडाँडादेखि पोखरासम्म पदयात्रा गराउने कार्यक्रम तय गरेको हो । हाइकिङपश्चात् दिउँसो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय र डेभिज फल्सको अवलोकन गर्ने, तत्पश्चात फेवातालमा डुंगा सयर गर्ने र साँझ फेवातालको बाराही घाटमा गरिने आरती अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

विश्व पर्यटन दिवसकै अवसरमा साँझ रेष्टुराँ एण्ड बार एसोसिएसन पोखराद्वारा आयोजित सांस्कृतिक कार्यक्रम, विभिन्न ठाउँको प्रवद्र्धनात्मक सामग्रीको प्रदर्शन, नेपाली परम्परागत तथा विभिन्न देशका खानाका परिकारसहितको सडक महोत्सवमा उनीहरू सहभागी बन्ने कार्यक्रम रहेको छ ।

Batas

तस्बिरः अर्जुन गाहा (सुशान्त)

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.