www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ५७ संक्रमित थपिए

हालसम्म नेपालमा ७२ लाख १४ हजार ७ सय ४२ ले पहिलो मात्रा र ६२ लाख ३८ हजार १ ले पूर्ण मात्राको खोप लगाए

काठमाडौँ

पछिल्लो २४ घन्टामा १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले १४ हजार ५ सय ४१ मा कोरोना परीक्षण गर्दा १ हजार १ सय ५७ मा संक्रमण पुष्टि भएको जानकारी दिए । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १८ हजार १ सय ९३ पुगेको छ । उनका अनुसार ५ सय बढी संक्रमित भएका जिल्ला ९ र २ सय बढी संक्रमित भएका जिल्ला १९ छन् ।

सो अवधिमा १ हजार १ सय १३ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने ७ लाख ६४ हजार ८ सय ४७ छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ । संक्रमणका कारण सो अवधिमा ८ जनाको मृत्यु भएको छ ।

Batas

हालसम्म संक्रमणबाट ११ हजार १ सय २३ को मृत्यु भइसकेको छ । हाल देशभर ३ सय ५४ जना सघन उपचार कक्ष ‘आइसियु’, ९९ भेन्टिलेटर, १६ हजार ८ सय ७८ होम आइसोलेसन, १ हजार ३ सय १५ जना संस्थागत आइसोलेसन र २ सय ४४ जना क्वारेन्टिनमा छन् । आज २ लाख ८६ हजार १४५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

हालसम्म नेपालमा ७२ लाख १४ हजार ७ सय ४२ ले पहिलो मात्रा र ६२ लाख ३८ हजार १ ले पूर्ण मात्राको खोप लगाएका छन् ।

 

 

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.