www.tandavnews.com
Fact ~ In search of truth

अंकगणितले मेल नखाएकाले राजीनामाको घोषणा गर्छुः प्रदेश १ का मुख्यमन्त्री आचार्य

६८ दिनमै राजीनामा
ताण्डव न्यूज

प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभामा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले राजीनामा दिएका छन् ।

राजीनामा दिँदै आचार्यले भने, ‘अंकगणितले मेल नखाएकाले राजीनामाको घोषणा गर्छु । सहयोगका लागि सबैलाई धन्यवाद ।’ जुनसुकै सरकार आए पनि एमालेको रचनात्मक सहयोग हुने उनले बताए । उनले अब प्रदेश प्रमुखसमक्ष गएर राजीनामा पत्र बुझाउने बताए ।

Batas

आचार्य गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि नियुक्त भएका थिए । एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए । प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.