www.tandavnews.com
Fact ~ In search of truth

सिटिजन लाइफको लेखनाथ शाखाद्वारा बालबालिकालाई खाद्यान्न वितरण

पोखरा ताण्डव न्यूज

हिमाली भेगबाट उद्धार गरी आश्रय दिईएका अभिभावकविहिन बालबालिकाहरुलाई सिटिजन लाइफको लेखनाथ शाखाले सहयोग प्रदान गरेको छ । कम्पनी चौथो वर्षमा प्रवेश गरेको अवसरमा खाद्यान्न सहयोग गरिएको उक्त शाखाले जनाएको छ । साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार उक्त शाखाले सनसाईन होम नेपालमा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरेको हो ।

विगत २ वर्षदेखि ती बालबालिकाहरु उक्त संस्थाको आश्रयमा रहेका छन् । बालबालिकाहरुका लागि सहयोग गर्न पाउँदा खुसी लागेको सिटिजन लाईफ इन्स्योरेन्स एजेन्सी जय राम ओझाले बताए । सामाग्री हस्तान्तरणपछि बोल्दै सिटिजन लाइफ इन्स्योरेन्सको पोखरा एरिया शाखा प्रमुख ‘एबिएम’ छवि लाल पौडेलले सामाजिक कार्यक्रम समय समय मा गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

Batas

कार्यक्रम लेखनाथ शाखाका शाखा प्रमुख अशोक बराल ले सञ्चालन गरेका थिए । कम्पनीले हाल देशव्यापी रूपमा साप्ताहिक सहयोग एवं जनचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ । कार्तिक २ गते शुभारम्भ भएकोले सोही दिनलाई आधार बनाएर कम्पनीले वार्षिकोत्सव मनाउने गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.