www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा ३२ हजार बालबालिकालाई मोडर्ना खोप लगाइयो

दमौली

तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो ।

१० पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए । तनहुँमा ३७ हजार बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य रहेपनि लक्ष्यको ८९ प्रतिशतले मात्र खोप लगाएका छन् । खोप लगाउनेमध्ये १६ हजार ६६३ छात्रा र १६ हजार १८१ छात्र छन् ।

Batas

भानुमा ४ हजार ७५७, व्यासमा ८ हजार ९१३, शुक्लागण्डकीमा ५ हजार ६१९ र भिमाद नगरपालिकामा २ हजार ८१२ बालबालिकाले खोप लगाएका हुन् ।

यसैगरी म्याग्देमा एक हजार ४६४, घिरिङमा एक हजार २५३, ऋषिङमा २ हजार ७७, देवघाटमा एक हजार ५३४, बन्दीपुरमा एक हजार ८९० र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ५२५ बालबालिकाले खोप लगाएका जनाइएको छ ।

पूरा खोप पाउनेको संख्या एक लाख

जिल्लामा एक लाख सात हजार ६३५ जनाले पूरा मात्रा खोप लगाएका छन् । पहिलो मात्राको खोप लगाउनेको संख्या एक लाख ८३ हजार १९० रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । भानुका १३ हजार ५७, व्यासका २८ हजार ६५६, शुक्लागण्डकीका १५ हजार २१९ र भिमादका ८ हजार ९३१ ले पूरा मात्रा खोप लगाएका छन् । म्याग्देका ६ हजार ८२, घिरिङका ६ हजार ३ सय ७०, ऋषिङका पाँच हजार ३९६, देवघाटका छ हजार ५४३, बन्दीपुरका नौ हजार १८२ र आँबुखैरेनीका ८ हजार १९९ ले पूरा मात्रा खोप लगाएका छन् ।

पहिलो मात्रा लगाउने भानुमा २५ हजार ४५५, व्यासमा ४३ हजार ३२७, शुक्लागण्डकीमा ३५ हजार ३०३, भिमादमा १६ हजार ७६, म्याग्देमा १३ हजार १६८, घिरिङमा ७ हजार ५१९, ऋषिङमा नौ हजार ४८०, देवघाटमा ९ हजार २७०, बन्दीपुरमा १० हजार ३९५ र आँबुखैरेनीमा १३ हजार १९७ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तनहुँमा बिहीबारसम्म कोभिड– १९ सक्रिय सङ्क्रमित ६ जना मात्रै छन् । भानुमा १, व्यासमा ४ र बन्दीपुरमा १ जना कोरोना संक्रमित छन् । शुक्लागण्डकी, भिमाद, म्याग्दे, घिरिङ, ऋषिङ, देवघाट र आँबुखैरेनी कोरोनामुक्त भएका छन् ।

विदेश जानेलाई खोप

व्यास नगरपालिकाले विदेश जानेलाई खोपको व्यवस्था मिलाउने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश जान लागेकालाई नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउन लागेको हो ।

राहदानीका आधारमा उनीहरुलाई जोन्सन खोप लगाइने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार व्यास नगरपालिकाको कार्यालयमा पुस १६, १८ र १९ गते खोप लगाइने छ ।

यसैगरी हालसम्म एकपटक पनि खोप नलगाएका १८ वर्षमाथिका नागरिकलाई पनि खोप दिइने भएको छ । नगरपालिकाले विभिन्न चरणमा सर्वसाधारणलाई खोप लगाउँदै आएको छ । अहिले विद्यालयमै ११ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्ना खोप लगाइएको छ ।

यसैगरी म्याग्दे गाउँपालिकाले पुस १६ गतेदेखि २० गतेसम्म यसअघिको अभियानमा खोप नलगाएका १८ वर्ष र सोभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीका अनुसार ती नागरिकलाई जोनसोन खोप लगाइनेछ । यस्तै भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिको अभियानमा दोस्रो मात्रा भेरोसेल खोप लिन छुट भएका नागरिकलाई दोस्रो मात्राको खोप लगाइने उनले जानकारी दिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.