www.tandavnews.com
Fact ~ In search of truth

बढ्यो सङ्क्रमण, १६८ सङ्क्रमित थपिए

काठमाडौँ।

कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो सङ्ख्यामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७७० रहेको छ ।

सो अवधिमा ३७ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७२४ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् ।

काठमाडौँमा २०० बढी सक्रिय सङ्क्रमित छन् । होम आइसोलेशनमा ७४९, संस्थागत आइसोलेशनमा २१ रहेका छन् । सघन उपचार कक्ष (आइसियु) मा १२ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.