www.tandavnews.com
Fact ~ In search of truth

सभामुखद्वारा उपसभामुखलाई पद तथा गोपनीयताको सपथ

काठमाडौँ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले नवविर्चाचित उपसभामुखमा पुष्पा भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा सभामुख सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियोे ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.