www.tandavnews.com
Fact ~ In search of truth

मेयर सा’बकै वडामा अवैध क्रसर, मौन महानगर

पोखरा
ताण्डव न्यूज ।

पोखरा-३३ मेयर सा‘बको वडा हो । त्यहि वडामा अवैध रुपमा क्रसर सञ्चालन हुँदा समेत महानगर मुकदर्शक बनेको छ ।

शिवशक्ति रोडा ढुङ्गा उद्योग नाममा सञ्चालनमा रहेको अवैध क्रसर बन्द गराउने दम न त जिल्ला प्रशासन कार्यालय कास्कीमा नै रह्यो न त महानगरमै । पटक पटक गुनासो आउँदा समेत कुनै कारवाही नहुन’ लाजमर्दो विषय हो ।

Batas

त्यति मात्र होइन पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले क्रसर अवैध हो र यसलाई बन्द गनर्’पर्छ भनेर कार्यपालिका बैठक र विभिन्न निकायलाई जानकारी गराउँदा समेत क्रसर निर्वाध सञ्चालन भइरहेको छ ।

क्रसरका सञ्चालक भरत रायमाझीले तालुक निकायहरुमा दवाव र प्रभाव पारेकै हुनाले अवैध क्रसर विना अवरोध सञ्चालन गरेको स्रोत बताउँछ । अवैध क्रसरको स्थलगत अनुगमन गर्न पोखरा ३३ वडा कार्यालय र जिल्ला समन्वय समितिका अध्यक्षसहितको टोली पुगेपनि कुनै कारवाही गर्न नसक्नु शंकाको विषय बनेको छ ।

स्रोतका अनुसार सबै दलका पहुँचवाला नेताहरुको लगानी रहेको हुँदा सबै निकाय चुप छन् ।

करवाहीको प्रक्रिया अगाडी बढेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । आचार्यले प्रहरीसहितको टोली खटाउने जानकारी दिए ।

सम्बन्धित न्यूज

पोखरा-३३: कानुनको धज्जी उडाउदै सञ्चालित अवैध क्रसर अझै रोकिएन

पोखरा-३३ : मापदण्ड विपरीत क्रसर सञ्चालन

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.