www.tandavnews.com
Fact ~ In search of truth

स्वर्णिम कर्मचारी अवकासलाई महानगरको साढे १० करोड बजेट

कर्मचारी पोसाक भत्ताका लागि महानगरले ८२ लाख ५० हजार बजेट विनियोजन

पोखरा।
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० मा स्वर्णिम कर्मचारी अवकास योजनालाई साढे १० करोड बजेट विनियोजन गरेको छ । कर्मचारी संख्या कटौती गर्न उनीहरुलाई स्वेच्छिक रुपमा अवकास लिन प्रेरित गर्ने गरी महानगरले यो योजना ल्याएको हो ।

योजना अनुसार पुराना करार कर्मचारीले स्वेच्छिक अवकास लिन चाहे महानगरबाट निश्चित रकम पाउने छन् । यो आर्थिक वर्षको बजेटको वार्षिक कार्यक्रम पुस्तिका ९रातो किताब० भर्खरमात्रै सार्वजनिक भएको हो । उक्त किताबमा त्यस प्रयोजनाका लागि १० करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

महानगरका प्रवक्तासमेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले यो योजनामार्फत महानगरमा काम गरेको अवधिको आधारमा निश्चित रकम प्रदान गरिने जानकारी दिए । उनका अनुसार १ वर्ष अवधि पुगेकालाई १ महिनाको सेवा सुविधा, १५ वर्ष पुगेकालाई १५ महिनाको सेवा सुविधा प्रदान गरिनेछ ।

Batas

महानगरले आव ०७९/८० का लागि स्थायी कर्मचारीको तलबका लागि २६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । महानगरले स्थायी कर्मचारीको तलव पहिलो त्रैमासिकमा ८ करोड १६ लाख र दोस्रो, तेस्रो र चौथो त्रैमासिकमा समान ६ करोड १२ लाख विनियोजन गरेको छ । कर्मचारी पोसाक भत्ताका लागि महानगरले ८२ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

महानगरले पोखरा प्रवेशद्वार ब्युटिफिकेसन र पोखरा स्मारकको अध्ययत ब्रान्डिङ निर्माणका लागि समान १–१ करोड रुपैयाँ बजेट छुट्याएको छ । महानगरले करारका कर्मचारीको पारिश्रमिकका लागि ९ करोड र नगर प्रहरीको पारिश्रमिकका लागि १ करोड ८० लाख बजेट विनियोजन गरेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.