www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको कास्की जिल्ला अधिवेशन असोज २९ गते

दिपक अधिकारी
पाेखरा।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकाे कास्की जिल्ला अधिवेशन असोज २९ गते हुने भएको छ । प्रतिष्ठान कास्कीको शनिबार बसेको बैठकले ८औँ जिल्ला अधिवेशन एवं २१ औँ वार्षिक साधारणसभा असोज २९ गते गर्ने निर्णय गरेको हाे ।

प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीको अध्यक्षता एवम् केन्द्रीय सचिव जीवन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले असोज १० गते दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

प्रमुख अतिथि दाहालले नेपाली गीत संगीतको ईतिहासमै कलाकारहरुको सर्वोत्कृष्ष्ट छाता संगठन दोहोरी प्रतिष्ठान रहेको बताए ।

Batas

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिको निर्देशन तथा प्रदेश कार्य समितिको निर्णयानुसार कार्तिक मसान्तसम्ममा जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.