www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपतिबाट ज्येष्ठ सांसद जबरालाई शपथ

काठमाडौँ 
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपति शमशेर जबरालाई आज शपथ गराएकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष  समारोहमा ज्येष्ठ सांसद जबराले शपथ लिएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायत संवैधानिक आयोगका प्रमुखहरू सहभागी थिए।

Batas

राष्ट्रपतिबाट शपथ लिएपछि ज्येष्ठ सांसद जबराले भोलि संसद् भवनमा नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.