www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं ।
सरकारले भोलि यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए ।

पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। बैठकमा विमान दुर्घटनापछि प्रभावकारी उद्धार तथा दुर्घटनाको प्राविधिक कारण खोजी लगायतका विषयमा छलफल भएको बताइएको छ । मन्त्रिपरिषद् बस्नुअघि प्रधानमन्त्री दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.