www.tandavnews.com
Fact ~ In search of truth

श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाडौँ।
काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको र अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको उनको भनाइ छ ।

काठमाडौँबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएपछि धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.