www.tandavnews.com
Fact ~ In search of truth

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भोलि दिउँसो १ बजे

काठमाण्डौ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह भोलि हुने भएको छ ।

नेपालको तेस्रो राष्ट्रपतिमा फागुन २५ गते निर्वाचित भएका राष्ट्रपति पौडेललाई भोलि दिउसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा कायममुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेबी भण्डारीको कार्यकाल भने आज राती १२ बजेदेखि सकिदै छ ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.