www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचनका लागि मौन अवधि शुरु, के–के गर्न पाइँदैन ?

काठमाडौं।
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि गएराती १२ बजेदेखि मौन अवधि सुरु भएको छ । अब दलहरुले कुनैपनि चुनावी प्रचारप्रसार गर्न पाउने छैनन् ।

निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि मौन अबधी लागु हुन्छ । मौन अवधिभर दलहरुले छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

तर निर्वाचन आचारसंहिता लगाए पनि उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु भैरहेको निर्वाचन आयोगको ठहर छ । दलहरुले चुनावी पम्प्लेट, तुल ब्यानर लगायत निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गरिरहेको पाईएको निर्वाचन आयोगले जनाएको छ ।

Batas

यसैगरी उपनिर्वाचनका आउन तीन दिन मात्र बाँकी रहदा आयोगले आवश्यक तयारी अन्तिम चरणमा रहेको जनाएको छ । उपनिर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका लगाएतका सामाग्री सम्बन्धित जिल्लाहरुमा पुर्‍याइसकेको छ ।

यसपटकको उपनिर्वाचनमा बारा क्षेत्र नं २ मा ३४, तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

के के गर्न पाइँदैन ?

-निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने।

-मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

-एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

-अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.